गम्भीर अभियोगमा सफाइ पाउनासाथ पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्व ‘विशिष्ट पदाधिकारी’ को हैसियतमा संसद सचिवालयले गाडी सुविधा उपलब्ध गराएको छ ।
बलात्कार प्रयासको अभियोगमा सफाइ पाएको केही समयपछि नै महराले सचिवालयबाट पाएको स्कार्पियो गाडी चढ्दै आएका छन् । उनले गाडीको मर्मतसम्भार खर्च समेत सचिवालयबाट पाइरहेको प्राप्त समाचारमा उल्लेख छ ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । सोही प्रकरणमा पक्राउ परेका उनी जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेपछि रिहा भएको खबर सोमबारकाे कान्तिपुर दैनिकमा प्रकाशित छ।