newskoseli.Com

लकडाउन उल्लंघन : ३२५ महिलासहित १४१४ माथि ‘कारबाही’, आफ्ना गल्तीबारे यसो भन्छ प्रहरी

लकडाउन उल्लङ्घन गरेको अभियोगमा शुक्रबार काठमाडौं उपत्यकामा ३२५ महिलासहित १ हजार ४ सय १४ जनालाई ‘कारबाही’ गरिएको छ । कारबाहीमा परेका सबैलाई तीन घन्टा ‘सचेतना कक्षा’ सञ्चालन गरिएको थियो ।

महानगरीय प्रहरी कार्यालयका अनुसार ३ सय ८० सवारी साधन नियन्त्रणमा परेका छन् । उल्लङ्घन गर्ने सबैलाई सचेतनासहितको कारबाही गरिएको छ । कारबाहीमा परेका सबैलाई तीन घन्टा सचेतना कक्षा सञ्चालन गरिएको प्रहरीको भनाइ छ ।

सहकार्य गर्न निर्देशन

यसैबीच, लकडाउन उल्लङ्घन गर्ने सर्वसाधारणलाई कोरोनाभाइरस (कोभिड– १९) नियन्त्रणका लागि सचेतना दिई सहकार्य गर्न निर्देशन गरिएको छ । नागरिकप्रति गरिने व्यवहारमा कहींकतै कमी–कमजोरी हुन नदिन महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सो निर्देश गरेका हुन् ।

लकडाउन उल्लङ्घनका नाममा प्रहरीबाट चिकित्सक तथा सर्वसाधारणप्रति गरिएको अभद्र व्यवहार र कुटपिटको चर्को आलोचना भइरहँदा महानगरीय प्रहरी प्रमुख पोखरेलले यस्तो दुःखद् परिस्थितिको संयुक्त रूपमा सहकार्य गरी सामना गर्नुपर्नेमा जोड दिएका छन् । ‘तपाईंहरू घरभित्रै बसेर लकडाउनको पूर्ण पालना गरिदिनुहोस, कुनै समस्या परेमा नजिकको प्रहरीलाई खबर गर्नुहोस’– भन्दै प्रहरीले आग्रह गरेको उनले स्पष्ट पारे ।

अप्ठ्यारो परेर खाद्य सामग्री, औषधि, अस्पताल वा राहत लिन कहीं–कतै जाँदै हुनुहुन्छ भने सडकमा खटेका प्रहरीसँंग समन्वय गर्न प्रहरीले अनुरोध गरेको छ ।

कमजोरी हुन नदिइने प्रतिबद्धता

शिक्षण अस्पतालका चिकित्सकहरूमाथि भएको कुटपिट, कलङ्कीमा औषधि किनेर फर्कंदै गरेका सर्वसाधारणमाथि सुरक्षाकर्मीले गरेको अभद्र व्यवहारका सम्बन्धमा छानबिन भइरहेको उनले बताए । विभिन्न पेसाकर्मी तथा आम नागरिकप्रति गरिने व्यवहारमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता महानगरीय प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकामा केही दिनयता लकडाउन उल्लङ्घनका घटना वृद्धि भएपछि बुधबारदेखि कडाइ गरिएको छ । मुलुकभर लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको थियो । तर, सहरी क्षेत्रबाट गरिब, श्रमिक र मजदुरवर्ग हिँडेरै गन्तव्यमा जान थालेपछि लकडाउन कडाइमा समस्या देखिएको छ ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसर प्रमुख, महानगरीय प्रहरी वृत्त प्रमुखलगायत सडकमा खटिने सबै सुरक्षाकर्मीलाई सभ्य बोली र भद्र व्यवहार प्रदर्शन गर्न महानगरीय प्रहरीले निर्देशन दिएको खबर गोरखापत्र अनलाइनले शनिबार प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर