नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरका ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ ।
बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका ३४ करोड थान नोट छाप्न ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको हो । बैंकले नोट छाप्ने प्रक्रिया तीन महिनाअगाडि थालेको थियो ।
नयाँ गभर्नर महाप्रसाद अधिकारीको पहिलो हस्तारक्षरयुक्त कूल ४९ करोड रुपैयाँ नयाँ नोट तिहारको हाराहारीमा आउने खबर पूर्णभक्त दुवालको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।