newskoseli.Com

नेपाल पक्षको तयारी : ‘ओलीविरुद्ध आक्रामक शैली’

सत्ताधारी नेकपाभित्र विवाद चर्किरहेकै बेला आइतबार कोटेश्वरमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी सदस्यहरुको भेला बस्यो । नेपालसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि त्यहाँ उपस्थित थिए ।

सहभागी नेताले तत्काल स्थायी कमिटी बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई ‘कडा दबाव’ दिन दाहाल र नेपालसमक्ष आग्रह गरे । उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टीको बैठक बोलाउन र आवश्यक परे त्यही बैठकबाटै प्रधानमन्त्री केपी ओलीको विकल्प समेत खोजेर जान सुझाएका छन् ।

सो भेलामा अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, बेदुराम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायतका नेता सहभागी थिए । कृषिमन्त्री समेत रहेका नेता घनश्याम भुसाल भने अनुपस्थित थिए ।

पार्टीलाई छल्दै मनोमानी निर्णय गर्दै जाने ओलीको शैलीका कारण नेकपा बदनाम बन्दै गएकाले अब ‘आक्रामक रूपमा प्रस्तुत हुनुपर्ने’ निष्कर्ष कोटेश्वर भेलाले निकालेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर