newskoseli.Com

ओलीका यी ५ प्रस्ताव : माधव नेपालद्वारा अस्वीकृत

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल आफू पक्षका सांसदलाई जोगाउने कसरतमा लागेका हुन् ।

दुई दिनसम्म नेपाल समूहसँग भएको छलफलमा कुरा नमिलेपछि तीन नेता आ–आफ्ना सांसद जोगाउन लागेका हुन् । ओलीले नेपालसँग पाँच वटा प्रस्ताव राखेर उनलाई मनाउने प्रयास गरेका थिए । नेपाल समूहले ती प्रस्ताव अस्वीकार गरेपछि ओली पक्षले बालुवाटारमा आफू पक्षका सांसदको भेला गरेको छ । यसबाट झस्किएका दाहाल र नेपाल पनि आफ्ना पक्षका सांसदसँग सम्पर्कमा छन् ।

ओलीले नेपाल पक्षसँग पार्टी सचिवालयमा हेरफेर गरी १५ सदस्यीय बनाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्ने, वामदेव गौतमलाई सांसद बनाउने, मुख्यमन्त्री हेरफेर गर्ने र महाधिवेशनबाट नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव राखेको थियो । तर, नेपाल पक्षले उधारो प्रस्ताव अमान्य हुने र विधि तथा प्रक्रिया मिचेर ल्याइने प्रस्ताव स्वीकार्य नहुने जवाफ दिएका थिए ।

नेपाल र ओली मिल्ने कुरा मात्रै समाधान नभएकाले त्यस्ता प्रस्तावको कुनै अर्थ नभएको नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर