newskoseli.Com

बढ्दो सरकारी दमनसँगै ६ स्थान खस्क्यो नेपालमा प्रेस स्वतन्त्रता

नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आ–आफ्नै ढंगले आइतबार प्रेस स्वतन्त्रता दिवस मनाउँदै छन् । विश्वका लोकतान्त्रिक मुलुकहरुमा प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिइन्छ ।

प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिएका छन् । रिपोर्टर विदआउन बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स, २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १८० राष्ट्रहरुमध्ये ११२ औं स्थानमा पुगेको छ ।

आरएसएफले सञ्चारसम्बन्धी प्रस्तावित कानुनहरु र सरकारका प्रतिनिधिहरुले प्रेसका बारेमा गर्ने टिप्पणीहरुलाई आधार मानेर प्रेस स्वतन्त्रताको स्थिति मूल्यांकन गर्ने गरेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर