newskoseli.Com

नेपाली भूमि मिचेर भारतीय सडक : ‘नेपाल सरकारकै दोष बढी’

भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकामा विभिन्न राजनीतिक दलका नेताले सन्देह व्यक्त गरेका छन् । नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी रहेको टिप्पणी उनीहरुले गरेका छन् ।

सीमा सुरक्षा सरकारको दायित्व भए पनि गम्भीर नदेखिएको उनीहरुले बताएका छन् । ‘यसमा नेपाल सरकारको बढी दोष छ । सरकारले काम रोक्न किन भनेन अहिलेसम्म ?’ उनीहरुको एउटै स्वर छ– ‘जनतामा राष्ट्रवादका नारा दिने र व्यवहार उल्टो गर्ने सरकारको चरित्र उदांगो भएको छ ।’

नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक भारतले उदघाटन गरेकोबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारसँग जवाफ मागेको खबर खगेन्द्र भण्डारीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर