newskoseli.Com

विश्वव्यापी बन्यो नमस्ते : कोरोना महामारीको ‘देन’ !

कोभिड– १९ महामारीको हुण्डरीले हाम्रो व्यक्तिगत तथा सामाजिक व्यवहारमा थुप्रै परिवर्तन ल्याएको छ । अँगालो र चुम्बन त परको कुरा, ‘ह्यान्डसेक’ बाट समेत वञ्चित भएर बस्नुपर्ने पश्चिमा समाजको विवशता त हामी अनुमान पनि गर्न सक्दैनौं ।

यसबीच विश्वका ठूला नेताले अभिवादनमा ‘नमस्कार’ अर्थात् ‘नमस्ते’ गरेका कुरा पनि मूलधारका राजनीतिभन्दा कम चर्चित छैनन् । गत मार्चमा ब्रिटिस क्याबिनेटका सदस्यलाई राजकुमार चार्ल्सले गरेको नमस्तेदेखि फ्रान्सका राष्ट्रपति इम्यानुएल मेक्रोनसम्मले गरेका नमस्तेका तस्बिर इन्टरनेटमा भाइरल बने ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त नागरिकलाई हात मिलाउनुको सट्टा नमस्ते गर्न अपिल नै गरे । नमस्तेको कहानी यतिमै सकिँदैन, विश्वशक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प समेतले नमस्तेलाई ‘नन–कन्ट्याक्ट ग्रिटिङ्स’ भनी प्रशंसा गरे । कोरोनाबाट बच्न गरिएको ‘नमस्ते’ भविष्यमा स्वच्छ र सभ्य अभिवादनको विश्वव्यापी मानक बन्ला ? विद्वानहरुबीच चर्चा भइरहेको छ ।

‘मानिसका बानी र व्यवहार आर्थिक–सामाजिक सन्दर्भसँगै परिवर्तन हुन्छन्, स्वास्थ्यका लागि बानी परिवर्तन नहुने कुरै छैन, पश्चिमी जीवनशैली हस्तमिलन अर्थात् ह्यान्डसेकविना कस्तो होला भन्नेबारे परिचर्चा भइरहेको छ’– प्रिन्स्टन युनिभर्सिटीका मनोविज्ञान प्राध्यापक अल्क वेबरले भनेको खबर शान्ति लामाको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर