अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय पर्साको स्थानीय प्रशासनले गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्वारेन्टाइनका शंकास्पद व्यक्ति भागे प्रहरीले पहिले ‘सामान्य बल’ प्रयोग गर्नेछन् । त्यति हुँदा पनि नियन्त्रणमा नआए गोली समेत चलाउन सक्ने निर्णय गरिएको उनले बताएको खबर क्रान्ति शाहको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित. छ ।