लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरु क्वारेन्टाइन बाहिरै रहँदा उपत्यकामा कोरोनाभाइरसको उच्च जोखिम देखिएको छ ।
सरकारले चैत ११ देखि लागू गर्दै आएको लकडाउनको समयमै विभिन्न ढंगबाट संक्रमित जिल्लाबाट हजारौं व्यक्ति काठमाडौं उपत्यकामा भित्रिएको पाइएको छ । ती क्वारेन्टाइनबाहिर नै रहेको र चेकजाँचका क्रममा कतिपयमा कोरोना संक्रमण समेत पाइएको छ ।
लकडाउनकै बीच गत बिहीबारसम्म प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासका आधारमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइएको थियो । त्यही समयमा निजी सवारीमार्फत सयौं व्यक्ति काठमाडौं उपत्यका भित्रिएको पाइएको खबर टेनिस रोकाको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।