कोरोनाभाइरस महाव्याधि (कोभिड– १९) का कारण २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने निष्कर्षसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ ।
कोरोनाभाइरस महामारीका कारण रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरेर नेपाल फर्काउनुपर्ने श्रमिकको संख्या करिव २० देखि २५ प्रतिशत रहेको संघले जनाएको छ । भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिव ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनुपर्ने संघले जनाएको छ ।
दुईवर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिव ६० प्रतिशत रहेको खबर तुलसी सुवेदीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।