लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भीड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि सीमानाकामा नेपाल फर्कने र भारत फर्कनेहरु जम्मा भएका छन् ।
भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगञ्ज नाकाबाट तीन हजारभन्दा बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजारभन्दा बढी भित्रिएका छन् ।
स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।