newskoseli.Com

नेपालको क्षेत्रफल अब कति ? गुगल भन्छ– १,४७,९५० वर्गकिमि

सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्रmल अब कति भयो भन्ने जिज्ञासा छ । सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ ।

सरकारले जारी गरेका नक्साका आधारमा प्राविधिकले १ लाख ४७ हजार ९ सय ५० वर्गकिमि हुने बताइरहेका छन् । प्रधानमन्त्री खड्ग ओलीका प्रेस सल्लाहकारको आधिकारिक फेसबुकमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा र क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्गकिमि उल्लेख छ ।

गुगलको वेबसाइटमा ‘जीओग्राफी अफ नेपाल’ मा १ लाख ४७ हजार ५ सय १६ वर्गकिमि क्षेत्रफल उल्लेख गरिएको छ । यसका आधारमा पहिलेको भन्दा ३ सय ३५ वर्गकिमि क्षेत्र बढेको देखिन्छ । नयाँ नक्सा नबन्दासम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ थियो ।

नापी विभागका पूर्वमहानिर्देशक एवं सीमा प्राविधिक सुरेशमान श्रेष्ठका अनुसार नापीले पहिले प्रकाशन गरेको १ः १०,००,००० मान नापको डिजिटल डाटा र हाल अद्यावधिक गरिएको क्षेत्र समेत समावेश गरी क्षेत्रफल गणना गर्दा नेपालको क्षेत्रफल करिव १ लाख ४७ हजार ९ सय ५० वर्गकिमि देखिन्छ, जुन हालको क्षेत्रफलभन्दा ७ सय ६९ वर्गकिमि बढी हुन्छ ।

सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार ९ सय ५० वर्गकिमि हुने सीमा बचाऊ अभियानले बताएको खबर सुरेन्द्र काफ्लेको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर