newskoseli.Com

भारतकै ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा ‘कालापानीको शिर हो’ भनी सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा काली नदीलाई सीमा क्षेत्र मानिएको छ, जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ ।

भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्रमाण हो । सन् १८३० मा सर्भे भएको आधारमा जारी हिन्दूस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने काली नदीको मुहानलाई नेपालको सीमानाका रुपमा उल्लेख गरिएको छ ।

भारत आफैंले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने काली नदीलाई सीमा मानेको छ । तर, अहिले भारतले अर्कै एउटा सानो खोलालाई ‘काली नदी’ भएको दाबी गर्दै आएको खबर नीराजन पौडेलको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर