newskoseli.Com

भारतबाट आइपुगेकाे भाेलिपल्टै अस्पतालमा मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका– ७ का ५० वर्षिय वृद्धको बुधवार बिहान ज्यान गएको हो ।

मृतक मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । मंगलबार नै भारतको महाराष्ट्रबाट आएका उनलाई स्वास्थ्य समस्य देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । मृतकको आरडीटी रिपोर्ट नेगेटिभ आएको तर लक्षण कोरोनाभाइरससँग मिल्दोजुल्दो भएकाले पीसीआरका लागि स्वाब संकलन गरिएको श्रेष्ठले बताए ।

‘भारतबाट आएको, त्यसमाथि स्वास्थमा समेत समस्या आएपछि अस्पताल भर्ना गरिएको हो’ सूचना अधिकारी श्रेष्ठले भने–‘उहाँलाई हिजो साँझ भर्ना गरियो, आज बिहानै निधन भयो ।’ गाेरखापत्रबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर