newskoseli.Com

कोरोना कहरसँगै अर्को आतंक : भारतबाट नेपाल छिर्दै सलह, बाली सखाप पार्ने चिन्ता

कोरोनाभाइरसको संक्रमणसँग जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो ।

यो फट्यांग्राले नेपालको समग्र कृषि प्रणालीलाई नै असर पुर्‍याउन सक्ने चिन्ता कृषिविदले व्यक्त गरेका छन् । सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो । यसको एक बथान (झुन्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ ।

भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायतका स्थानमा यसको बथान प्रवेश गरिसकेको छ । भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल हो । नेपालमा पश्चिमी दिशाबाट यो फट्यांग्रा भित्रन लागेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यसले सुदूरपश्चिमका जिल्लासँगै कर्णाली, प्रदेश– ५ र पूर्वी जिल्लालाई बढी प्रभाव पार्न सक्ने बताइएको छ ।

भारतीय सीमासँग तराईका जिल्ला सबैभन्दा नजिक भएकाले असारदेखि लगाइने धानबालीलाई यसले ठूलो नोक्सान पार्न सक्ने विज्ञहरूको भनाइ छ । यो फट्यांग्राले खाद्यान्न बालीलाई नराम्रो तवरबाट नष्ट गर्ने संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) ले चेतावनी दिएको खबर राजेश बर्माको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर