newskoseli.Com

अनलाइन सञ्‍चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिइने

सरकारले आगामी वर्षबाट सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्न दिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७र०७८ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवर्द्धन गर्न सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने बताएका हुन् ।

सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाइने उनले स्पस्ट पारेका छन् । पत्रकारिता क्षेत्रको व्यावसायिकता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री खतिवडाले जनाएका छन् । पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई सञ्चारकर्मीको हितका कार्यमा उपयोग गरिने भएको छ ।

आगामी आर्थिक वर्षबाट साइबर सुरक्षा जोखिमको पहिचान, असर न्यूनीकरण र आकस्मिक साइबर सुरक्षा छरितो र भरपर्दो बनाउन साइबर फोरोन्सिक ल्याबको स्तरोन्नति गरिने र छुट्टै साइबर सुरक्षा केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ । हुलाक प्रणालीको पुनर्संरचना गरी आधुनिक र प्रविधियुक्त बनाउँदै सम्भाव्यताको आधारमा सेवाको क्षेत्र विस्तार गरिने सरकारले जनाएको खबर शुक्रबार अन्नपूर्ण अनलाइनले प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर