newskoseli.Com

‘कोरोना पत्नीजस्तै हो, नियन्त्रण गर्न सकिँदैन’ : मन्त्रीको भाषण !

इण्डोनेसियाका एक मन्त्रीले कोरोनाभाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । ‘विद्रोही पत्नीहरु’ सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोलेपछि उनी विवादित बनेका हुन् ।

सामाजिकरुपमा यससँग नडराउन पनि उनको आग्रह थियो । इनण्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले यस्तो अभिव्यक्ति दिएका हुन् । मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइनमार्फत उक्त अभिव्यक्ति दिएका थिए ।

मंगलबार उनले भनेका थिए– ‘के हामी विस्फोट हुन चाहन्छौं, हामीले स्वास्थ्यमा ध्यान दियौं भने अझै पनि यो परिस्थितिको सामना गर्न सक्छौं । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईंकी पत्नीजस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा किनकि तपाईंले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’

महिला अधिकारकर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भर्त्सना गरेका छन् । इण्डोनेसियन सरकारले सामाजिक दूरी कायम राख्न ३ लाख ४० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । त्यहाँ कोरोनाभाइरसका संक्रमितको संख्या २४ हजार पुगेको र १ हजार ४ सय ९६ जनाको मृत्यु भइसकेको खबर अन्नपूर्ण अनलाइनले शनिबार प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर