newskoseli.Com

पीसीआर परीक्षण नगर्ने योजनामा सरकार : संक्रमण अत्यधिक बढ्ने खतरा

कोरोना परीक्षण गर्ने अत्याधुनिक पीसीआर मेसिनको फाइल तस्बिर

क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको सरकारले पीसीआर परीक्षण नगर्ने भएको छ । विज्ञहरूले भने भरपर्दो र विश्वसनीय भएकाले पीसीआर परीक्षण गर्नुपर्ने सुझाव दिँदै आएका छन् । तर, सरकारले उनीहरूको सुझावलाई बेवास्ता गरेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोनाभाइरस पहिचानका लागि पीसीआर विधि नै उपयुक्त भएको बताए पनि क्वारेन्टिनमा बस्दै आएका सबै नागरिकको पीसीआर परीक्षण नगर्ने योजनामा सरकार पुगेको हो, जसका कारण संक्रमणको दर अत्यधिक बढ्ने खतरा देखिएको छ ।

कोरोनाभाइरस पहिचानका लागि आरडीटी किट प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले पटक–पटक भन्दै आएको छ । तर, संक्रमणको स्रोत नै मानिएका क्वारेन्टिनमा बस्दै आएका नागरिकहरू लक्षणविहीन देखिए तत्कालका लागि आरडीटी किट प्रयोग गर्ने गरी स्वास्थ्य मन्त्रालयले निर्देशिका तयार पारेको खबर प्रशान्त वलीको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर