newskoseli.Com

जसपामा महन्थ र बाबुराम बलियो : केन्द्रीय समितिमा क–कसका कति ?

विगतमा विभिन्न पार्टीको नेतृत्व गर्दै जनता समाजवादी पार्टी (जसपा) बनाएका नेताहरुमा महन्थ ठाकुर र डा. बाबुराम भट्टराई सबैभन्दा बलिया देखिएका छन् ।

सो पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । यसमा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता डा. भट्टराई निकट ८–८ जना नेताहरु केन्द्रीय समितिमा पर्न सफल भएका छन् । वरिष्ठ नेता राजेन्द्र महतो निकटका ७ र अर्का अध्यक्ष उपेन्द्र यादव निकटका ५ जना नेता मात्र केन्द्रीय समितिमा परेका छन् ।

वरिष्ठ नेता अशोक राई निकटका ६, महेन्द्रराय यादव निकटका ३, शरतसिहं भण्डारी निकटका २ र युवराज कार्की निकटका १ जना नेता मात्रै केन्द्रीय किमिटीका परेका छन् । राजकिशोर यादव र अनिल झा निकटका नेता कोही पनि केन्द्रीय कमिटीमा नपरेको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर