newskoseli.Com

झनझन् बढ्दो कोरोना जोखिम : ५५ दिनभित्र संक्रमित ४० हजार पुग्दै !

नेपालमा २ भदौसम्म कोरोनाभाइरसका संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो आँकलन गरेको हो ।

लकडाउन खुकुलो हुँदै जानु, सीमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्यविज्ञहरू बताउँछन् । अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् ।

संक्रमितको संख्या बढ्दै गए ४० हजारमध्ये २ हजार जना गम्भीर प्रकृतिका बिरामी हुन सक्ने समेत आँकलन गरिएको छ । त्यसैलाई आधार मानेर मन्त्रालय स्वास्थ्य पूर्वाधारहरुको तयारीमा जुटेको खबर प्रशान्त वलीको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर