newskoseli.Com

फुटको डिलमा सत्ताधारी नेकपा : के–के भए शनिबार साँझसम्म ?

तत्कालीन दुई ‘ठूला ’ कम्युनिस्ट नामधारी घटकहरु नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भई बनेको हालको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको नजिक पुगेको छ । सो पार्टीका पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै सरकारी निवास बालुवाटारमा अनौपचारिक छलफल गर्दै अब कुन कित्तामा उभिने हो भनेर स्पष्ट गर्न चेतावनी समेत दिइसकेका छन् ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भइरहेकाले पोजिसन क्लिअर गर्न भनेका छन् । ‘पार्टी बचाउन’ आफूले अन्तिमसम्म प्रयास गर्ने भन्दै नसकिएको खण्डमा पार्टी अलग हुने समेत प्रधानमन्त्री ओलीले बताएका छन् । अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा दिन भनिरहेको भन्दै त्यो सम्भव नरहेको समेत उनले स्पष्ट पारेका छन् ।

‘पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन’– उनले भने । बैठकमा सहभागी मन्त्री तथा राज्यमन्त्री सबैका कुरा सुन्दा धेरै समय जाने भन्दै दुई–तीनमा पुनः अर्को बैठक बोलाउने र त्यसमा आउँदा प्रधानमन्त्रीको पक्षमा कि विपक्षमा हो, स्पष्ट भएर आउन समेत प्रधानमन्त्री ओलीले भनेका छन् ।

‘राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छ, तपाईंहरु कसको पक्षमा हुने हो, कि प्रधानमन्त्रीको विपक्षमा जाने हो ? दुई–तीन दिनमा फेरि बोलाउँछु, तपाईहरुलाई यही सूचना भयो, फेरि आउँदा पोजिसन क्लियर गरेर आउनुहोला’– प्रधानमन्त्रीले बैठकमा भने ।

प्रधानमन्त्रीले अर्को बैठकमा कित्ता क्लिअर गरेर आउनू भनेपछि ऊर्जामन्त्री वर्षमान पुनले दुई अध्यक्ष मिलेर पार्टी एकता गरेको भन्दै पार्टीबाटै सबै कुराको निकास निकाल्न आग्रह गरेका छन् । बाहिर बजारमा आएका हल्लाका आधारमा भन्दा पनि पार्टी कमिटीमा छलफल गरेर समस्याको हल गर्न समेत उनले प्रधानमन्त्रीलाई सुझाएको खबर टेनिस रोकाको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर