newskoseli.Com

लकडाउनमै खचाखच अख्तियारको हिरासत : घुस्याहाहरुलाई राख्ने ठाउँकै अभाव !

भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत खचाखच भरिएको छ ।

१६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्ममा १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहेपछि अब घुस्याहा राख्ने ठाउँकै अभाव देखिन थालेको छ । लकडाउनको अवधिमा ३ हजार रुपैयाँ घुस खानेदेखि ८ लाख ५० हजार रुपैयाँ घुस लिनेसम्मलाई अख्तियारले नियन्त्रणमा लिएको छ, जसमध्ये केहीलाई अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

रंगेहात पक्राउ परेर हाल हिरासतमा राखिएकामध्ये धेरै मालपोतका कर्मचारी र इन्जिनियर छन् । हिरासतमा रहेकालाई अख्तियारले क्रमबद्ध रूपमा विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको अख्तियार स्रोतले जानकारी दिएको खबर नीराजन पौडेलको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर