newskoseli.Com

लकडाउनपछि अब पशुपतिनाथ खोल्ने यस्तो छ तयारी

दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको लकडाउन अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए ।

‘मन्दिर खुला गरिए पनि कोरोनाभाइरस (कोभिड– १९) बाट बच्न आवश्यक ठानिएका सबै उपाय (प्रोटोकल) पालना गर्दै–गराउँदै मन्दिर खुला हुन्छ’– उनी भन्छन् । ‘महादेव’ का अति प्रिय महिना र प्रिय मानिने यो महिनाका सोमबार एक पटक मात्र भए पनि दर्शन गर्न पाऊँ भन्दै दर्शनार्थीहरु मन्दिर आसपास आइरहेका छन् ।

पशुपतिनाथका नित्य दर्शनार्थी सिनामङ्गल निवासी मनोज भण्डारीका अनुसार निकै दर्शनार्थी मन्दिर परिसरमा पस्न चाहिरहेका छन् । कतिपयले अमालकोट कचहरीस्थित जलद्रोणी दक्षिण फर्किएको खञ्जनेश्वर, सिफलको भण्डारेश्वरलगायत आफ्नै बसोवासस्थल आसपासका शिवालयमा शिवको अर्चना गरिरहेका छन् ।

एकाध स्थानीयवासी खञ्जनेश्वर र जयबागेश्वरीस्थित महामृत्युञ्जयमा दर्शनका लागि आफूखुसी बोलबम आए । र, बिहीबार एकादशी समेत परेकाले यहाँ बोलबमको सामान्य जमघट भएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर