newskoseli.Com

काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिम !

झट्ट बाहिर निस्कँदा अब काठमाडौंमा कोरोनाभाइरसको जोखिम नै छैनजस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे– सबैतिर मानिसको भीडभाड देखिन्छ ।

बाहिर गल्ली–सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ । अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन । साना चिया पसलहरुमा चिया–चुरोट खानेहरुको भीड पुरानै अवस्थामा फर्किइसकेको छ । ठूला क्याफेहरु पनि भरिभराउ हुन थालेका छन् ।

बिहीबार राजधानीका चाबहिल, पुतलीसडक, अनामनगरलगायतका तरकारीदेखि कपडा पसलहरुसम्ममा मानिसको घुइँचो थियो । एकाध बाहेक अधिकांश पसलेले आफूकहाँ आउने ग्राहकको बीचमा दूरी कायम गराएका छैनन् । पसलेहरुलाई ग्राहकबीचको भौतिक दूरीभन्दा पनि व्यापारको बढी चिन्ता भएको पाइन्छ ।

सरकारले जारी गरेको मापदण्ड पनि धेरैले पूरा गरेका छैनन्, जसले गर्दा उपत्यकामा कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दो देखिएको खबर उपेन्द्र अर्यालको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर