newskoseli.Com

विद्यार्थी अल्मल्याउँदै, शुल्क असुल्दै : निजी विद्यालयकाे धन्दा

निजी विद्यालयले सामान्य अवस्थामा दैनिक ६ घन्टा पढाउँछन् । अनलाइन माध्यमबाट भने दैनिक तीन घन्टा पनि पढाउँदैनन् । तर, मासिक शुल्क पूरै असुलिरहेका छन् । केहीले त शुल्क तिर्न नमान्ने अभिभावकलाई बच्चा अन्यत्रै लैजान चेतावनी समेत दिएका छन् ।

कक्षा १२ सम्मको शिक्षाको दायित्व बोकेको स्थानीय सरकार भने अभिभावकका समस्यामा बेखबर छन् । यही बहाना बनाएर शिक्षा मन्त्रालय यो मामिलाबाट पन्छिने गरेको छ । कतैबाट पनि गुनासो सुनुवाइ नभएपछि बालुवाटारस्थित एक विद्यालयका अभिभावकले राष्ट्रपतिलाई गुहारेका छन् । उनीहरूले सुरुमा मन्त्रालय, काठमाडौं महानगरपालिका, अभिभावक महासंघ, प्रहरीलगायतका ७ वटा निकायमा उजुरी दिएका थिए । स्कुलले कुन कक्षाका विद्यार्थीसँग कति शुल्क लिइएको भन्ने विवरण खुलाउनुपर्ने माग अभिभावकले गरेका छन् ।

बाहिरबाट आएको उजुरी कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयमा पठाइने राष्ट्रपति कार्यालयका प्रवक्ताले जानकारी दिए । ती विद्यालयका एक कर्मचारीले मासिक शुल्कमा ४० प्रतिशतसम्म छुट दिँदा पनि केही अभिभावक असन्तुष्ट भएको बताए । लकडाउनअघि औसतमा मासिक १२ हजार रुपैयाँ शुल्क उठाइएको थियो । त्यसमा अहिले न्यूनतम ४० प्रतिशत छुट दिइएको उनको भनाइ रहेको खबर सूर्यप्रसाद पाण्डेको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर