newskoseli.Com

‘उहाँले पछुताउने दिन आउँछ’ : ओलीलाई लालबाबु पण्डितको चेतावनी

विदेश बस्ने डीभी, पीआरधारी कर्मचारीको दोहोलो काढेर मन्त्रीका रुपमा वाहवाही कमाएका लालबाबु पण्डित पछिल्लो कार्यकालमा भने त्यति जम्न सकेनन् । कारण हो, प्रत्येक मन्त्रालयमाथि प्रधानमन्त्रीकै सचिवालयको अनावश्यक हस्तक्षेप । फलतः लालबाबुले गत वर्षको क्याबिनेट पुनर्गठनसँगै मन्त्री पदबाट बिदा लिए । आफूले कार्यसम्पादनमा उच्च अंक ल्याए पनि मन्त्रिपरिषदबाट हटाइएकामा पण्डितले आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीज्यूसँग जिन्दगीमा कहिल्यै सोध्नेवाला छैन कि मलाई के कारणले हटाइयो ? प्रधानमन्त्री कार्यालयले नै म हटेको एक हप्तापछि राष्ट्रिय योजना आयोगमा कार्यप्रगति प्रस्तुत गर्दा दोस्रो नम्बरमा मेरो मन्त्रालय थियो । मेरो मन्त्रालयले सयमा ८६ अंक ल्यायो । त्यो रिपोर्टले मलाई असफल भन्छ त ? यो भनेको ‘डिस्टिङ्सन’ नम्बर हो । ‘डिस्टिङ्सन’ लाई फेल भन्दैनन् । यसरी कार्यसम्पादनमा सर्वोत्कृष्ट अंक ल्याउने मन्त्रीलाई हटाउने र फेल हुनेहरुलाई बोक्नेहरु एक दिन पछुताउनेछन् । तपाईं हेर्दै जानोस् !

सामान्य पास अंक समेत ल्याउन नसकेकाहरु विभिन्न शक्तिकेन्द्रको नामसँग जोडेर त्यहीं रहे । अब के हुन्छ– थाहा छैन । यदि मान्यता नदिने भए कार्यसम्पादन मूल्यांकन किन गरेको ? कार्यकुशलता र कार्यजटिलता अनुसार भएका कामलाई राम्ररी विश्लेषण गरिएन । एउटै पार्टीमा भएपछि कोसँग नजिक, कोसँग टाढा ? यस्तो प्रश्न आउँदैन । पार्टीमा गुट–उपगुट मनभित्र कसैलाई होला । मानिसले खोज्ने भनेको परिणाम हो, अनुहार होइन ।

आज राष्ट्रले खोजिरहेको परिणाम हो । परिणाम राम्रो दिनेले नै प्रधानमन्त्री र पार्टीलाई राम्रो बनाउँछ, जनतामा विश्वास बढाउँछ । मुलुकलाई समृद्धिको दिशातिर लिएर जान्छ । कसैको अनुहार वा राम्रो बोल्ने वा लेख्ने मात्र होइन । अहिले प्रधानमन्त्रीज्यूले के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो । आशा गर्ने हो कि राम्रो मन्त्रिमण्डल बनाउनोस्, जनतलाई परिणाम दिनोस् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अभियानमा सफलता प्राप्त होस् भनेर शुभकमाना दिनुबाहेक हामीसँग अरु के छ र !

खराब इन्जिन भएको जहाज उड्न लाग्यो भने के हुन्छ ? कहीं–कतै ल्याण्डिङ सही तरिकाले हुँदैन, दुर्घटना हुन्छ । त्यही कारण हामी त चाहन्छौं कि पाइलट कुशल र इन्जिन असल होस्, अनि यात्रुहरु अनुशासित होऊन् ।

प्रधानमन्त्री खड्ग ओलीलाई घुमाउरो भाषमा चेतावनी दिँदै पूर्वमन्त्री लालबाबु पण्डितले भनेका कुराहरु बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर