newskoseli.Com

‘मच्चिन त सक्नुहुन्छ, थच्चिनुको विकल्प छैन’ : प्रचण्डमाथि ओली खेमाको व्यंग्य !

कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । तर, अहिले भने उनले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ मा झलनाथ खनाल, ०६८ मा बाबुराम भट्टराईदेखि ०७२ मा खड्ग ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत्राधार प्रचण्ड अहिले आफू सरहकै अध्यक्ष ओलीसँग दिनैपिच्छे तारिख धाए झैं दिनहुँ धाउँदै वार्ता गरिरहेका छन् ।

उनको चाहना छ कि केही मन्त्री हेरफेर गरौं । तर, न ओलीले चाहेर कोही मन्त्री थप्न र निकाल्न सकेका छन् न त प्रचण्डले । चाहँदा चाहिँ ओलीका निम्ति यो कुनै ठूलो समस्या होइन; अर्का अध्यक्षको पनि वचन तोडेर पाइला–पाइलामा किन निहुँ खोजिरहुँ भनेर मात्र हो । नत्र, नसोधीकनै कस्ता–कस्ता निर्णय गर्ने ‘हिम्मत’ भएका ओलीमा मन्त्री जाबो फेर्नु उति मुस्किलको कुरै होइन ।

यसबीच, पूर्वमाओवादी अर्थात् प्रचण्डका मान्छेहरू ‘मन्त्री पाइन्छ’ भनेर ओलीतिर लागे । टोपबहादुर रायमाझी, प्रभु साह, हरिबोल गजुरेलसम्म ओलीको लिस्टमा छन् । तीमध्ये पनि हरिबोल त पूर्वएमालेप्रति यति अनुदार कि खड्ग ओलीलाई सिध्याउनैपर्छ भन्ने । तर, समयले कहाँ पुर्‍याइदियो भने माओवादी कोटामा नपाइने भएपछि ओलीको रोजाइमा परेर मन्त्री खान ठीक्क पर्नुपर्ने !

सहयोद्धाहरू साथै रहून् भन्ने जोड प्रचण्डको छ, जवाफ पनि त्यस्तै आउँछ । तर, परिणाममा देखिन्छ– स्थिति त्यस्तो होइन । प्रचण्डले बादल, प्रभु र लेखराजको नाम ओलीको मुखबाट सुन्नुपर्ने दिन कति कष्टपूर्ण भइरहेको होला ! पक्षधरता भन्ने चिज कति खतरनाक हुन्छ भने पशुपतिका भूल भट्टले अरु थुप्रै देशका पत्रकार पुग्दा भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमारप्रसादलाई मात्रै विशेष किसिमले रुद्राक्षको माला लगाइदिए, अरुलाई झारेझुरे व्यवहारमा पारे । किनभने चन्द्रमौली थिए भारतीय र मूलभट्ट पनि त्यहींका । यसरी मन्दिरमा त भेदभाव हुन्छ भने झन् नेकपा त व्यक्तिको तजबजिमा चल्ने पार्टी न हो ।

यही दुःख बिर्सन प्रचण्ड शुक्रबार सपरिवार ककनी गए । र, फर्किएर आएपछि रिक्त तीन मन्त्रालय भरौं भन्ने सहमति गरे… ।  …प्रधानमन्त्रीकहाँ तारेख धाउने अवस्थामा पुगेका कार्यकारी अध्यक्ष प्रचण्डप्रति प्रधानमन्त्रीको खेमाको टिप्पणी छ– मच्चिन त सक्नुहुन्छ, अन्तिममा थच्चिनुको विकल्प छैन । नभन्दै मन्त्रीमा मुख मिठ्याउन बालुवाटारका हर्ताकर्ताहरूसँग पूर्वमाओवादीको भौतिक र टेलिफोनमार्फत् लाइन नै लागेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ । छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर