मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष प्रायः झगडामै बिताएका शीर्ष नेताबीच एक महिनाको अन्तरालपछि फेरि विवाद सुरु भएको छ ।
यस पटक विवादको जरोमा मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशको अविश्वास प्रस्ताव प्रकरण रहेका छन् । प्रधानमन्त्री खड्ग ओलीले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नै समूहका नेता मात्र समावेश गरेका छन् ।
त्यसअघि राजदूत नियुक्तिमा पनि उनले युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई सिफारिस गरेर पार्टीभित्र विवाद निम्त्याएका थिए । अब त समाधानतिर जान्छ कि भनेर कतिपयले अपेक्षा गरे पनि सत्ताधारी दलभित्रको विवाद फेरि बःझँदै र्गको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।