newskoseli.Com

भोकमरी सूचीको ७३औं स्थानमा नेपाल

विश्वका भोकमरी हुने देशहरुमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार विश्वका ११७ देशमध्ये नेपाल भोकमरीको ७३औं स्थानमा पुगेको हो ।

सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिव २० लाख जनसंख्या खाद्य असुरक्षित अवस्थामा रहेका छन् । कोभिड– १९ महामारीका कारण नेपालमा भोकमरी र खाद्य असुरक्षाको अवस्था झन् बढ्ने अनुमान गरिएको छ । एफएओका अनुसार हाल विश्वमा करिव २ अर्बभन्दा बढी जनसंख्याका लागि सुरक्षित, पौष्टिक र पर्याप्त खानाको पहुँच पुगेको छैन । यो तथ्यांक सन् २०५० सम्ममा बढेर १० अर्ब पुग्न सक्ने अनुमान गरिएको छ ।

यस परिवेशमा मुलुकका लागि खाद्य असुरक्षा र भोकमरी ठूलो चुनौतीका रूपमा रहेको सरकारी अधिकारीले बताएका छन् । सरकारले विश्वव्यापीरूपमा खाद्य तथा पोषण सुरक्षाको महत्त्वबारे जनचेतना जगाउन र खाद्य संकट तथा भोकमरीको चपेटामा परेकाहरुलाई त्यस परिवेशबाट मुक्त दिलाउन विश्वव्यापी पहल र ऐक्यबद्धताका लागि आह्वान गरेको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर