newskoseli.Com

किन स्थगित भयो सत्ताधारी नेकपाको केन्द्रीय कमिटी बैठक ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । कात्तिकका लागि पूर्वनिर्धारित बैठक एक महिनापछि मङ्सिर १५ देखि १७ सम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड– १९ प्रकोपका कारण हाललाई बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । कात्तिक १५ देखि १७ सम्म तय भएको केन्द्रीय कमिटीको बैठक एक महिना पछाडि सारिएको हो । अध्यक्षद्वयको सहमतिअनुसार बैठक सारिएको नेकपाका नेताहरुले बताएका छन् ।

कार्यालय सचिवद्वयद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २०७७ कात्तिक १५ देखि १७ सम्म आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड– १९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ, स्थगित बैठक २०७७ मङ्सिर १५ देखि १७ मा आयोजना गरिनेछ ।’

महासचिव विष्णु पौडेलले पार्टीका दुवै अध्यक्षसँग छुट्टाछुट्टै परामर्श गरेका थिए । प्रधानमन्त्री तथा अध्यक्ष खड्ग ओलीसँग मंगलबार र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधबार परामर्श गरेपछि दुवै अध्यक्षको सुझावअनुसार बैठक स्थगित भएको हुन सक्ने केन्द्रीय सदस्यहरुको बुझाइ रहेको खबर बिहीबारको गाेरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर