newskoseli.Com

किन बढ्याे मृत्युदर ? व्यापक समुदायमा फैलियाे कोरोना

कोरोना संक्रमण समुदायमा फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा थप २१ जनाको मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन दिनभित्र देशभरमा ७४ जनाको मृत्यु भएको छ । असोज तेस्रो सातासम्म कूल संक्रमित मध्येमा ०.५ प्रतिशत मृत्युदर रहेकामा कात्तिकको तेस्रो सातादेखि यता शुन्य दशमलव १ प्रतिशत बढेर ०.६ प्रतिशत पुगेको छ ।

असोजदेखि यता नेपालमा दैनिक १४ देदि ३० जनाको दरले मृत्यु भइरहेको तथ्याकंले औंल्याएका छन् । कात्तिक २२ मा १७, २१ मा १८ जना, २० गते १८ जना र १९ गते एकैदिन ३० जनाको मृत्यु भएको छ । त्यसैगरी, कात्तिक १७ गते २४ जना, १६ गते २३ जना, १५ र १४ मा १७ जनाको दरले मृत्यु भएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर