newskoseli.Com

अझै टेरेनन् ओलीले, ‘म्याद’ थपिदिए प्रचण्डले !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद झन्–झन् उत्कर्षमा पुगेपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले आसन्न सचिवालयको बैठकलाई आ–आफ्नो ‘प्रतिष्ठाको विषय’ बनाएका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटेर दुई दिनभित्र सचिवालयको बैठक बोलाउने कुरामा सहमत हुन प्रस्ताव गरेका थिए । तर, उक्त समयसीमाभित्र बैठक बोलाउन ओली सहमत नभएपछि प्रचण्डले मंगलबार उनलाई फेरि भेटेर बिहीबार सचिवालय बैठक राख्न प्रस्ताव गरेका छन् ।

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार दुवै अध्यक्षले बैठक राख्ने र त्यहाँ प्रस्ताव गर्ने एजेन्डालाई प्रतिष्ठाको विषय बनाउँदै गए झन् अप्ठ्यारो परिस्थिति सिर्जना हुनेछ । अहिले ओली र दाहाल दुवै एक–अर्काको रणनीति ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दा पनि ओलीले आलटाल गरिरहेको र बैठक माग गर्ने पक्षले पनि समयसीमा बढाउँदै लगेको हुँदा यस्तो स्थिति सिर्जना भएको हो ।

पछिल्लो समय ओली सचिवालय बैठक बोलाउन लचिलो भए पनि उनी बैठकको मितिमा भने सहमत हुन सकेका छैनन् । ‘ओलीले सचिवालय बैठकको तयारी थाल्न लागि महासचिव विष्णु पौडेललाई भन्नुभएको छ तर बैठक बिहीबारै बस्छ भन्नेचाहिँ छैन, अर्को दिन पनि हुन सक्छ,’ स्थायी कमिटीका ती सदस्यको दाबी छ– ‘दाहालले भनेकै मितिमा बैठक बस्नुपर्छ भन्ने छैन, बैठक बोलाउन छलफल भइरहेका छन् ।’

महासचिव पौडेलले पनि परामर्शमा बैठक बस्नुपर्ने भन्दै सबै शीर्ष नेताहरूसँग छलफल अघि बढाएका छन् । तर, यो विषयमा नेताहरूले खुलेर बोल्न नचाहेकाे खबर टपेन्द्र कार्कीको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर