newskoseli.Com

ओली–प्रचण्डलाई माधव नेपालले दिए यस्तो चेतावनी !

सत्ताधारी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ‘आफूलाई सुप्रिम नठान्न’ प्रधानमन्त्री खड्ग ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चेतावनी दिएका छन् । पार्टीलाई विधिमा सञ्चालन गर्न, पार्टीका निर्णयहरु कार्यान्वयन गर्न, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्न र पार्टीभित्र देखिएका समस्या बैठकमै छलफल गरेर टुंगो लगाउन वरिष्ठ नेता नेपालले अध्यक्षद्वयलाई चेतावनी दिएका हुन् ।

दुवै अध्यक्षलाई आन्दोलन र परिवर्तनको नेता बन्न सुझाव दिँदै पार्टीको बैठकभन्दा फरक ढंगले नउभिन उनले सुझाए । ‘पार्टीभित्र समस्या देखियो, देशव्यापीरुपमा फैलँदो छ, समस्या कमिटीभित्र सीमित गर्न सकिएको छैन तर अहिले पनि कमिटीभित्र सीमित गर्नुपर्छ, कमिटीभन्दा पर समस्याको समाधान हुन्छ भनेर सोच्नु हुदैन’– उनले भने ।

वर्षाबाट तर्सने किसान, नदीबाट तर्सने माझी, बन्दुकबाट तर्सने सिपाही र बैठकबाट तर्सने नेताको केही काम छैन भन्दै ओलीलाई पार्टीको बैठकबाट नभाग्न र बैठकमै आएर, छलफलमा सहभागी भएर निकास निकाल्न उनले सुझाव दिए । ‘सबै समस्याबारे पार्टीभित्र छलफल हुनुपर्‍यो, कोभिडकै बारेमा छलफल गरौं, सरकारी नीतिका बारेमा छलफल गरौं,’ वरिष्ठ नेता नेपालले भने– ‘हामी आफैंलाई सर्वज्ञानी ठान्छौं, सर्वज्ञानी नठानौं, अहंकारले नै लंका दहन भएको हो ।’

प्रचण्डले पनि संगठनको विषयमा धेरै जानकारी नराखेको भन्दै दुवै अध्यक्षले आफूहरू सुप्रिम हो भन्ने ठानेको र त्यसले संगठनभित्र नकारात्मक असर पारिरहेको उनले बताए । ‘प्रचण्डजीले आन्दोलन त हाँक्नुभयो तर संगठनसम्बन्धी विषय भने ग्याप भयो’– उनले भनेको खबर नागरिक फ्रन्टलाइनलाई उद्धुत गर्दै बिहीबार प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर