newskoseli.Com

आचारसंहिताविपरीत प्रधानमन्त्री–प्रधानन्यायाधीश ‘खासखुस’ : इजलास छोट्याएर ओलीसँगै कुम जोड्न पुगे चोलेन्द्र !

सर्वोच्च अदालतमा बुधबार प्रतिनिधिसभा ‘विघटन’ सम्बन्धी निवेदनहरुको बहस चल्दै गर्दा एकल इजलासमा रहेका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले भित्तामा राखिएको घडीतिर हेर्दै पौने २ बजेसम्म बहस टुङ्ग्याउन आग्रह गरे । त्यसपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्च अदालत परिसरसँगै जोडिएको महान्यायाधिवक्ता कार्यालयको भवनतर्फ लागे ।

त्यहाँ प्रधानमन्त्री खड्ग ओली र प्रधान न्यायाधीश जबरा एउटै मञ्चमा उपस्थित भए । उनीहरु उपस्थित मात्र भएनन्, एक–अर्काको छेउमै बसे । उदघाटन कार्यक्रममा प्रधानमन्त्रीलाई प्रमुख अतिथि र प्रधान न्यायाधीशलाई विशेष अतिथि भनिएको थियो । त्यति मात्रै होइन, दुवै जना ढल्केर एक–अर्कासँग कुराकानी गरेको तस्बिर समेत सार्वजनिक भयो ।

सर्वोच्च अदालतले जारी गरेको न्यायाधीशहरुको आचारसंहितामा मुद्दाका पक्षसँग अनावश्यक सम्बन्ध बढाउनु नहुने उल्लेख छ । आचारसंहितामा भनिएको छ– ‘अनावश्यक सम्बन्ध र सम्पर्क बढाएको कारणले विवादको सुनुवाइ वा निरुपण गर्न आयोग्य हुने स्थिति सिर्जना नहोस् भन्ने हेतुले त्यस्ता सम्भावनाहरुबाट टाढै रहनुपर्छ ।’

यसै पनि प्रधान न्यायाधीश जबरामाथि प्रम ओलीबाट प्रभावित भएका अनेक आशंकाहरु सार्वजनिक हुँदै आइरहेकै थिए; थप त्यसैलाई बल पुग्ने गरी प्रधान न्यायाधीश जबरा ओलीसँगैको समारोहमा उपस्थित भएर अनावश्यक ‘खासखुस’ समेत गरेका छन् । नेकपाभित्र सत्ता किचलो उत्कर्षमा पुगेका बेला प्रधान न्यायाधीश जबरालाई त्यो रात प्रधानमन्त्री निवासमा बोलाइएको घटनाबारे त्यतिबेलै प्रश्न उठेको थियो ।

प्रधानमन्त्री ओली र प्रधान न्यायाधीश जबराबीच रातको समयमा भेट भए पनि त्यसको एजेन्डा, विषयवस्तु र अन्य विवरण दुवैले नखुलाएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर