newskoseli.Com

‘बहुपति प्रथा’ अझै कायमै : युवती गाउँ फर्कन नमानेपछि विवाह गर्न केटालाई कठिन !

हुम्ला जिल्लाको हिमालपारिको गाउँ लिमीमा केटालाई विवाह गर्न कठिन हुन थालेको छ । जिल्लाबाट बाहिर विशेषगरी काठमाडौँ र भारतमा यहाँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन इच्छुक नभएपछि केटालाई विवाह गर्न समस्या पर्न थालेको हो ।

लिमीमा केटालाई विवाह गर्न समस्या हुन थालेको नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका हल्जी गाउँका स्थानीय सोन्दोर्जी तामाङले बताए । सानैमा जिल्लाबाहिर जाने तथा गुम्बामा ‘टोपेनी’ हुन जाने युवतीले गाउँमा आउन नमानेपछि केटालाई विवाहको समस्या हुन थालेको उनले उल्लेख गरे ।

गाउँमा प्रचलित बहुपति प्रथाका कारण पहिले केटी अविवाहित बस्नुपर्ने अवस्था थियो । अहिले भने जिल्लाबाहिर गएका युवती गाउँ फर्कन नमानेका कारण युवकहरुलाई विवाहको समस्या पर्न थालेको स्थानीयवासीको भनाइ छ । लिमीमा प्रचलित ‘बहुपति र नेलु प्रथा’ बाट आजित युवतीहरूले बुझेर नै यी प्रथाप्रति वितृष्णा व्यक्त गर्न थालेको स्थानीय राङ्डोल तामाङले बताए ।

यही समस्याबाट मुक्ति पाउन लिमी गाउँबाट अध्ययन गर्न गएका युवती गाउँ फर्कन नमान्ने उनले जानकारी दिए । गाउँमा आए बहुपति प्रथा स्वीकार गर्नुपर्ने, यो नस्वीकारे नेलु स्वीकार गरेर बस्नुपर्ने अवस्था छ । दुवै प्रथा विकृति हुन् भन्ने बुझेका युवतीहरू गाउँमा आए समस्या हुने भएपछि गाउँ आउनै नमान्ने बिना तामाङले बताइन् ।

युवती गाउँमा नआएपछि केटालाई विवाह गर्न समस्या भइरहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । लिमीका १ सय ४७ घरधुरीमा १ हजार २ सय जनसङ्ख्या रहेको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर