newskoseli.Com

फुटिसकेको नेकपा ‘जोड्न’ चीनको अन्तिम प्रयास !

फुटिसकेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फेरि ‘जोड्ने’ अन्तिम प्रयासमा चिनियाँ कम्युनिस्ट पार्टी जुटेको छ । पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ । दुवै पक्षलाई पुनः एकसाथ ल्याएर ‘सिंगो नेकपा’ बनाउन चीनले आइतबार उच्चस्तरीय टोलीलाई नेपाल पठाएको छ ।

राष्ट्रपति सी जिनपिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं पठाएका हुन् । उक्त टोलीले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग र प्रधानमन्त्री खड्ग ओलीसँग भेट गरेको छ । सोमबार अरु शीर्ष नेतासँग भेट गर्ने स्रोतले जनाएको छ ।

नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका अन्ततः निरर्थक भएको थियो । नेकपाभित्रको विवाद मत्थर पार्न केही समयदेखि चिनियाँ राजदूत होउ यान्छी सक्रिय थिइन् । तैपनि, नेकपा चिरिएको थियो ।

कुनै हिसाबले पनि नेकपा नफुटोस् भन्ने चीन चाहन्छ । उसले सोहीबमोजिम अन्तिम कसरत गरिरहेको छ । उपमन्त्री येचौको टोलीमा सन हेयान, लियाङ विआन र झेङ युआ नेपाल आएका छन् । उपमन्त्री येचौ र नेताहरूको भेटघाटको समन्वय राजदूत होउले गरेकी छन् ।

तर, यसबारे चिनियाँ दूतावासले औपचारिक जानकारी दिएको छैन । दूतावासले नेताहरूको भ्रमणबारे कुनै प्रतिक्रिया दिन नमानेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर