newskoseli.Com

‘एमसीसी छिटो अनुमोदन गर’ : अमेरिकाले फेरि दियो दबाव

एमसीसीसँग भएको सम्झौताबाट ‘फाइदा लिन’ नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले फेरि जोड दिएको छ । सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने ‘फाइदामा ढिलाइ हुने’ नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिची–एलेनले बताइन् ।

‘एमसीसी अनुमोदन कोष खुला भइरहँदैन, त्यसैले सक्दो चाँडो सम्झौतालाई संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्छ’– उनले भनिन् । विद्युतीय प्रशारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न एमसीसीबाट करिव ५५ अर्ब रुपैयाँ अनुदानका लागि भएको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने सर्त छ ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि अनुमोदन अनिश्चित बनेको छ । अमेरिकाले भने एमसीसी छिटो पारित हुनुपर्नेमा पटक–पटक जोड दिँदै आएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर