newskoseli.Com

नेकपाका नेतालाई अफरै–अफर : दुई समूहमा तान्न चर्को प्रतिस्पर्धा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल पक्ष एक–अर्काका नेता–कार्यकर्ता तान्ने रणनीतिमा लागेका छन् । पार्टी विभाजनपछि अलमलमा परेका नेता–कार्यकर्तालाई खड्ग ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले आ–आफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन् ।

ओली पक्षले नेता–कार्यकर्तालाई आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन दिएको छ । दाहाल–नेपाल समूहले पनि उचित जिम्मेवारी दिने र भरसक नेता–कार्यकर्तालाई ओलीतिर जान नदिने रणनीति लिएको छ । तानातानको होड चलिरहेकै बेला ओली समूहले प्रदेश– १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका पाँच सांसदलाई आफ्नो पक्षमा ल्याएको छ ।

दाहाल–नेपाल समूहले विगतमा जिम्मेवारी नपाएका नेता–कार्यकर्तालाई जिम्मेवारी दिएर ओली खेमामा जानबाट रोक्ने रणनीति लिएको छ । ओली समूहले लुम्बिनी प्रदेशबाट भगवतीदेवी भण्डारी, वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीलगायतलाई केन्द्रीय सदस्य बनाएको थियो तर उनीहरू अहिले दाहाल–नेपाल समूहमा लागेका छन् ।

धेरै नेता–कार्यकर्ता दाहाल–नेपाल समूहमा गएपछि ओली समूहले गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, खेलकुदमन्त्री दावा लामा र पूर्वमाओवादीबाट केन्द्रीय सदस्य भएका नेताहरूको सहयोगमा पूर्वमाओवादी र पूर्वलडाकुलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ ।

ओली समूहले पूर्वमाओवादीका नेता–कार्यकर्तालाई पार्टीको जिम्मेवारी दिने रणनीति बनाएको छ । ओली पक्षले पूर्वएमाले नेता–कार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर