newskoseli.Com

कोरोनाविरुद्धको खोप लगाउन यस्तो तयारी : १० लाख डोज काठमाडौं आइपुग्दै

भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १० लाख डोज (मात्रा) खोप बिहीबार काठमाडौं आइपुग्दै छ । जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर सो खोप उपलब्ध गराउने सरकारको तयारी छ ।

खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी र शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजक समेत रहेका खोपविज्ञ डा. श्यामराज उप्रेतीका अनुसार भारतबाट अनुदानमा ल्याइने कोभिसिल्ड भ्याक्सिन प्रत्येक व्यक्तिलाई दुई पटक दिइन्छ । उनले भने– ‘प्रत्येक व्यक्तिलाई कम्तिमा चार हप्ताको फरकमा दुई पटक लगाउनुपर्छ, एक पटकमा ०.५ एमएल लगाउनुपर्छ ।’

यो खोप पाखुरामा लगाइन्छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयन्त्र तयारी अवस्थामा छ । खोप लगाइसकेपछि सो व्यक्तिलाई आधा घन्टा खोप लगाउने ठाउँमै निगरानीमा राखिनेछ । अवाञ्छित घटना घटे तत्काल सम्बोधनका निम्ति सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने खबर प्रशान्त वलीको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर