newskoseli.Com

एमालेहरु एमालेमै फर्किए, पूर्वमाओवादीहरु भने एमालेमै बस्ने

३५ वर्ष लामो राजनीतिक सम्पर्क र सहकार्यलाई एकै पार्टीमा रहेर विकसित गराउन लागेका पुष्पकल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाइदिएको छ । मन एकातिर हुँदाहुँदै भौतिकरूपमा भने प्रचण्ड–माधव पक्ष अलग–अलग पार्टीमा रहनुपर्ने बाध्यता आइलागेको छ ।

एमालेको नेतृत्व भने प्रधानमन्त्री खड्ग ओलीले नै गर्नेछन् । प्रचण्डसँग सहकार्यमा पुगेको माधव नेपाल पक्ष एमालेमै फर्किए पनि प्रचण्डलाई छाडेर ओलीतिर लागेका पूर्वमाओवादी धारका नेताले भने मूलघरमा नफर्कने संकेत गरेका छन् । प्रधानमन्त्री ओलीले अदालतको आदेशलगत्तै आइतबार आफ्नो पक्षमा लागेका माओवादी धारका नेतालाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । त्यस क्रममा ओलीले सोधेका थिए– ‘तपाईंहरूलाई सहजता के गर्दा हुन्छ ?’

गृहमन्त्री रामबहादुर थापा, आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायत नेतासँग ओलीले छलफल गरेका हुन् । तर, यी मन्त्रीले राजनीतिकरूपमा ओलीतिर लागेकाले पद गए पनि अब आफूहरु माओवादी केन्द्रमा नफर्कने बताएको स्रोतले जनाएको छ ।

खानेपानीमन्त्री थापाले आफूहरू ओलीको विचारसँग सहमत भएर आएकाले अदालतले पूर्वपार्टी ब्युँताउने निर्णय गरे पनि ओलीसँगै एमालेमै रहने बताए । ‘हामी अब ओलीसँगै एमालेमै रहन्छौं,’ थापाले भने– ‘हाम्रा लागि पद ठूलो कुरा भएन, ओलीसँगै रहेर जाने हाम्रो सोच छ ।’ सर्वोच्चकाे पछिल्लाे फैसलाले नेकपा (नेकपा) मा खडा गरिदिएको ‘ट्रेजेडी’ सम्बन्धी यो खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर