newskoseli.Com

‘वाम गठबन्धनकै सरकार, माओवादी केन्द्रसँगै सहकार्य’ : माधव–झलनाथ पक्षको निष्कर्ष

सत्तारुढ एमालेभित्रको माधव नेपाल पक्षले ‘वामपन्थी’ गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बुधबारको बैठकले सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि सिर्जना भएको नयाँ परिस्थितिमा पनि सकेसम्म ‘वाम’ गठबन्धन टुटाउनु नहुनेमा जोड दिएको हो ।

तत्काल ‘वामपन्थी’ दलको एकता सम्भव नभए पनि सरकारबाट चाहिँ छुट्नु नहुने मत बैठकमा नेताहरुले प्रकट गरेका थिए । एमाले वरिष्ठ नेता नेपालले ‘वामपन्थी’ घोषणापत्र जारी गरेर त्यसको बलमा प्राप्त जनमतलाई जोगाएर जानुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘हामीले वाम घोषणापत्रका आधारमा मत पाएका हौं, त्यसलाई कायम राखेर जानुपर्छ, अन्यथा ढंगले अघि बढ्नु हुँदैन’– नेपाललाई उद्धृत गर्दै ती नेताले भने । अर्का वरिष्ठ नेता झलनाथ खनालको धारणा पनि नेपालकै जस्तै थियो । खनालले त बुधबार प्रतिनिधिसभा बैठकपछि सर्वाजनिकरुपमै एमालेको सरकारलाई अब दुई वर्षसम्म टिकाउन लाग्ने बताएका थिए । त्यसका लागि ‘वाम’ गठबन्धन कायम राख्नुपर्ने उनको धारणा रहेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर