नेकपा (एमाले) भित्रको माधव नेपाल पक्षले अब कस्तो भूमिका खेल्छ, त्यसले पनि प्रधानमन्त्री खड्ग ओली नेतृत्वको सरकार ढल्ने–नढल्ने कुरा निर्धारित हुनेछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
संसदबाट विश्वासको मत पाएमा ओलीविरुद्ध एक वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । यसकारण पनि माओवादी केन्द्रले तत्काल समर्थन फिर्ता लिन खोजेको छैन । प्रधानमन्त्री ओलीले यतिबेला जसपालाई हातमा लिएर आफूविरुद्ध आउन सक्ने अविश्वासको प्रस्ताव सामना गर्ने तयारी गरिरहेको स्रोत बताउँछ ।
प्रधानमन्त्री ओली जसपालाई फुटाएर भए पनि आफूविरुद्धको सम्भावित अविश्वास प्रस्ताव असफल पार्ने तयारीमा लागेका छन् । स्रोत भन्छ– ‘ओलीले चाहे भने जसपा तत्कालै फुटाउँछन् ।’ त्यसैले माओवादी केन्द्रको भित्री उद्देश्य १ सय ३८ सांसदकै हस्ताक्षर गराएर मात्र अविश्वासको प्रस्ताव दर्ता गर्ने रहेको छ ।
समर्थन फिर्ता लिँदा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने भएका कारण त्यो खतरा मोल्ने अवस्थामा माओवादी केन्द्र नभएको स्रोतको भनाइ रहेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।