newskoseli.Com

‘देउवाको भूमिका ओली समूहको स्याटेलाइटजस्तो’ : उपेन्द्रको आरोप

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भूमिका केपी ओलीको पार्टीको स्याटेलाइटजस्तो भएको आरोप लगाएका छन् ।

उनले भनेका छन्( ‘कांग्रेस अगाडि किन नसरेको हो ? विपक्षीको भूमिका विगत तीन वर्षदेखि किन ननिभएको हो ? तीन वर्षदेखि मुलुक प्रतिपक्षविहीनजस्तो देखिन्छ । बरु सत्तारुढ दलकै सांसदहरूले प्रतिपक्षको भूमिका निभाइदिएका थिए । लोकतन्त्र र संसदीय व्यवस्था रक्षाका लागि कांग्रेसले जुन भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो आफैं सिथिल के कारणले भएको हो ? यसको रहस्य के हो भन्ने कुरा आम जनताले सोचिराखेका छन् ।

‘पीएम इन वेइटिङ’ भनेको उसको भूमिकामा निर्भर हुन्छ, नत्र त ‘वेइटिङ’ मा मात्रै रहिरहन्छ । ‘वेइटिङ’ भनेको ‘वेइटिङ फर एक्सन’ हो, ‘अलवेज वेइटिङ’ मात्रै त होइन, त्यहाँनेर गडबड छ । प्रतिपक्षको भूमिका निर्वाह नगरेको भनेको यही हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिका केपी ओलीको पार्टीको ‘स्याटेलाइट’ को जस्तो भयो । उहाँले छायाँ सरकार पनि बनाउनुभएको हो । छायाँ सरकार भनेको क्रियाशील रहेको सरकार असफल भएदेखि छायाँ सरकारले साँच्चैको सरकारको भूमिका लिने हो । त्यो कुरा अरुले भनिराख्नुपर्छ र ? त्यो भूमिका र भनाइ त मिल्दैन । यसमा तारतम्य हुनुपर्छ । समसामयिक राजनीतिक सन्दर्भमा केन्द्रित अध्यक्ष यादवको अन्तर्वार्ता बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर