newskoseli.Com

जसपा–ओली समूह वार्ता : एउटा ‘माग’ मा सहमति, नेताहरु भन्छन्– ‘कुरा सकारात्मक’

प्रधानमन्त्री खड्ग ओलीले आफ्नो सरकार ‘सुरक्षित’ राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका ‘माग’ पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार पनि बसेको थियो ।

जसपा नेता एवम् कार्यदलका सदस्य लक्ष्मणलाल कर्णका अनुसार बैठकमा ‘माग’ कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको थियो । ‘अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने सहमति भएको छ, अन्य माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ,’ कर्णले भने– ‘कुरा सकारात्मक छ ।’

जसपाका अर्का नेता केशव झाले पनि सरकारसँगको वार्ता ‘सकारात्मक’ भएको बताए । उनले भने– ‘जसले माग पूरा गर्छ, हामी त्यसैलाई समर्थन गर्छौं ।’ जसपाको समर्थनमा सरकार टिकाउन उसले राखेका माग पूरा गर्ने बारेमा प्रधानमन्त्री ओलीले पनि पटक–पटक शीर्ष नेताहरुसँग कुराकानी गरेका छन् । कार्यदलका अर्का एक सदस्यका अनुसार जसपाका ‘माग’ कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भइरहेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर