newskoseli.Com

सत्तामा टिक्ने ओलीको अन्तिम ‘अस्त्र’ नै एमसीसी मात्र !

प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री खड्ग ओलीले शनिबार बोलाको ‘सर्वदलीय बैठक’ मा सभामुखको निकै नै आलोचना गरे । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई ‘विजनेस नदिएको’ भन्दै ओलीले आलोचना गरेका हुन् ।

तर, यथार्थता भने बेग्लै छ । सरकारले विजनेस नदिइकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ । प्रधानमन्त्री ओली भने आफैं संसदीय अभ्यासविपरीत गए र ‘सभामुखले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयलाई आड्काएको’ हास्यास्पद आरोप लगाए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवासमा बेलाएको ‘सर्वदलीय बैठक’ मा ‘सभामुखले एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा पेस नगर्नु संविधानविपरीत भएको’ भन्दै आलोचना गरे । एसीसी सदनबाट पास गर्नुपर्ने विषय बैठकमा आएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले विरोध गरे । उनीहरुले गरेको विरोधप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने आपत्ति जनाए ।

आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री ओली एमसीसीलाई पारित गर्ने तयारीमा देखिएका छन् । संसदबाट एमसीसी पास गराएर अन्तर्राष्ट्रिय शक्तिकेन्द्रलाई खुसी पार्ने र सत्ता टिकिरहने दाउमा प्रधानमन्त्री ओली देखिएका छन् । प्रम ओलीले बोलाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता झलनाथ खनाल र माधव नेपाल, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने सहभागी नभएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर