खड्ग ओलीकै नेतृत्वमा चुनावमा जानु नहुने पक्षमा माओवादी मात्र होइन, कांग्रेस र जसपाका नेताहरु समेत स्पष्ट छन् । सत्ताका सबै अवयवहरु नियन्त्रणमा लिई ओलीले निष्पक्ष निर्वाचन गराउनेमा अन्य दलका नेताहरुलाई आशंका छ ।
जसपाका एक नेताका अनुसार निर्वाचनमा पनि जाने र ओलीलाई पनि हटाउन सकिने विकल्प संविधानको धारा ७६ (५) मा पुगेपछि रहन्छ । उनका अनुसार अल्पमतले सरकार बनाउने ठाउँसम्म ओलीलाई साथ दिनुपर्छ ।
ती नेताका अनुसार अल्पमतको सरकारले विश्वासको मत नपाउनासाथ सरकार निर्माणका लागि संविधानको धारा ७६ (५) आर्कषित हुन्छ । त्यतिबेला तीन दल मिलेपछि ओलीलाई हटाउन र निर्वाचनमा जान पनि सकिने खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।