newskoseli.Com

‘एमाले फुटाएरै छाड्ने सुरसारमा ओली’ : भ्याकेट दर्ताले गम्भीर आशंका

एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदन दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ ।

कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको ‘महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने’ फैसलाविरुद्ध एमाले संस्थापन पक्षले भ्याकेटमा जाने निर्णय गरेको हो । पार्टीभित्र जारी विवाद समाधान गर्न दोस्रो तहका नेताहरूले सक्रियता बढाइरहेका बेला संस्थापन पक्षले भ्याकेट दर्ता गराएपछि खनाल–नेपाल समूहले ‘एकताका नाममा आफूहरूलाई भुलाउने मात्र काम भइरहेको’ निष्कर्ष निकालेको छ ।

एमाले नेता सुवास नेम्बाङ भ्याकेटमा जाने निर्णय र पार्टीको एकता प्रक्रियाबीच कुनै साइनो नरहेको बताउँछन् । पार्टीलाई विधिसम्मतरूपमा अगाडि बढाउन भ्याकेटमा गएको बताउँदै यसले एकतालाई कुनै असर नगर्ने उनले बताए ।

२०७५ जेठ २ अघिको अवस्थामा पार्टी कमिटीलाई ब्युँताए मात्र एकता सम्भव हुने खनाल–नेपाल समूहले बताउँदै आएकामा अध्यक्ष ओलीले भने जेठ ३ पूर्वकै अवस्थामा फर्कन तयार रहेको भन्दै छबुँदे प्रस्ताव गरेका थिए । तर, यहीबेला सर्वोच्चले नै आयोजक कमिटीलाई सदर गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले निवेदन दिएपछि उनले एकता नचाहेको प्रस्ट भएको नेपाल समूहका नेता वेदुराम भुसालले बताएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर