newskoseli.Com

झन् टाढिने दिशामा ओली–नेपाल सम्बन्ध

एमाले अध्यक्ष खड्ग ओलीले शुक्रबार ‘एकता कार्यदल’ विघटन गरे । तर, कार्यदलमा रहेका दोस्रो तहका नेताहरु भने शनिबार बिहानैदेखि ‘पार्टी मिलाउने अभियान’ मा जुटे ।

कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे । पार्टी मिलाउन अध्यक्ष ओलीपक्षीय र वरिष्ठ नेता नेपाल पक्षधर ५–५ जना नेता रहेको कार्यदल गठन भएको थियो । नेता नेपालसँग सहमति नजुट्दै अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक राखेर कार्यदल विघटन गरी १० बुँदे प्रतिवेदन अनुमोदन गराएका थिए ।

पार्टीजीवन संकटमा परेका बेला दोस्रो तहका नेताहरुको अभियानले कार्यकर्तामा एकताको झिनो आशा बाँकी रहे तापनि अध्यक्ष ओली र नेता नेपालबीचको बढ्दो द्वन्द्वले स्थिति सङ्लिसकेको छैन । एमाले र माओवादी केन्द्र अलग्याउने सर्वोच्चको फैसलापछि एमालेभित्रको द्वन्द्व समाधान गर्न अनेकन प्रयत्न भए । तर, एमाले न फुट्न सकेको छ न त जुट्न नै सकेको छ ।

दोस्रो तहका नेता पार्टी मिलाउन जोडतोडले लागेका छन् । तर, शीर्ष नेता (अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल) मिल्नेभन्दा झनझन् टाढिने दिशामा अग्रसर रहेको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर