newskoseli.Com

महिलाले यौन सम्पर्क गर्नु पछाडीका २ सय ३७ कारण

पुरुषजस्तै महिलाले पनि यौन सम्पर्कराख्नुका पछाडि विभिन्न कारण हुने गर्दछ । तर, महिलाहरुका लागि राम्रो यौन सम्बन्धको परिभाषा पुरुषहरुको अपेक्षाभन्दा केही भिन्न हुने गर्दछ ।

मनोवैज्ञानिक सिन्डी मेस्टन र डेभिड बुसले आफ्नो किताब ‘ह्वाई वुमन ह्याब सेक्स’ अर्थात ‘महिलाले किन सेक्स गर्छन्’ भन्ने बारे बताएका छन् ।

मनोवैज्ञानिकहरुका अनुसार मलिा प्रेममा मात्र यौन सम्पर्क गर्दैनन् । उनीहरुले यौन सम्पर्क गर्नुको पछाडि २ सय ३७ भिन्न भिन्न कारण छ । यदि तपाईं महिलाहरु यौन सम्पर्कको विषयमा महिलाहरु धेरै खुल्ला छैनन् भन्ने सोच्नुुहुन्छ भने तपाईं गलत हुन सक्नुहुन्छ ।

करिब एक हजार महिलाहरुमा गरिएको सोध अनुसार महिलाहरु प्रेमको लागि मात्र यौन सम्पर्क गर्दैनन् । उनीहरु पुरुषहरुको राम्रो साथ पाउन, आत्मविश्वास बढाउन, घरमा आफ्नो हक जमाउन र टाउको दुखाईबाट पार पाउनका लागि यौन सम्पर्क गर्न रुचाउँछन् ।

यति मात्र होइन, मनोवैज्ञानिकहरुले आफ्नो किताबमा भनेका छन् कि महिलाहरु धेरैपटक फिट र ह्यान्सम पुरुषरुलाई छोडेर तालुखुइले र राम्रोसँग खुट्टा टेक्न नसक्नेलाई पनि आफ्नो लाइफ पार्टनर बनाउने गर्दछन् ।

यसको कारण हो उनीहरुको कमाइ, घरलाई सहारा दिने क्षमता र विश्वास हुने गर्दछ । शोधका अनुसार महिलाहरु आफ्नो साथीलाई डार्भिनको थ्योरी ‘सरभाइभल अफ फिटेस्ट’ को आधारमा छान्ने गर्दछन् ।

यसका साथै उक्त अध्ययनले महिलाले आफ्नो जीवनसाथी कसरी छान्छन् भन्ने विषयमा पनि निष्कर्ष निकालेको छ ।

अनुसन्धानका अनुसार महिलाको लागि प्रेमको कुरा गर्ने हो भने उनीहरु सुरक्षाका साथै बच्चाहरुलाई प्रेम गर्ने र आत्मविश्वासी पुरुषलाई छान्ने गर्दछन् । महिलाहरु प्रेमको प्रयोग प्रेम जताउन, प्रेम पाउन र त्यसलाई कायम राख्नका लागि पनि गर्दछिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर